भेलाको तयारी गर्दै प्रचण्ड नेतृत्वको माओवादी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ कात्तिक १ सोमवार १५:१७ बजे

भेलाको तयारी गर्दै प्रचण्ड नेतृत्वको माओवादी

काठमाण्डौ
कात्तिक १
पार्टीको पहिलो राष्ट्रिय भेला सारेको नेकपा माओबादी केन्द्रले भेलाको तयारी तिव्र बनाएको छ ।

भृकुटीमण्डपमा कात्तिक १० र ११ गते गर्ने भनिएको भेला मंसिर २ र ३ गतेको लागी सारेको माओबादीले भेलाको तयारी तिव्र पारेको हो । अहिले भेलामा अध्यक्षले प्रस्तुत गर्ने प्रतिवेदनमा उल्लेख गरिनुपर्ने विषयमा आन्तरिक छलफल जारी रहेको नेताहरुले बताएका छन् । भेलामा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुहुने छ । सोही प्रतिवेदनमा संगठनको आकार कस्तो वनाउने, पार्टीको आगामी रणनीति कस्तो हुने भन्ने कुरा समेटिनेछ । अध्यक्ष म्ुलुक बाहिर भएपनि अहिले पार्टीका नेताहरुबीच औपचारिक तथा अनौपचारिक रुपमा प्रतिवेदनमा समेटिनुपर्ने विषयमा आन्तरिक छलफल भईरहेको प्रबक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
माओबादी भेलामा पार्टीको राष्ट्रिय महाधिवेशनसम्मको लागि २ हजार ५ सयकै संख्यालाई अन्तिम मान्यता दिने या जेठ ६ गते पार्टी एकता हुनेबेलाको ६ सय ९९ को कमिटीलाई मान्यता दिएर जाने भन्ने विषयमा छलफल हुने छ । २ दिनसम्म छलफल गरेपछि निस्कने निचोड नै अन्तिम हुने नेताहरुले बताएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार