काठमाण्डौ
असोज २२
नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले संविधान कार्यान्वयन र तीन तहको निर्वाचनका लागी प्रमुख तीन दलबीच सहमति हुनुपर्ने बताउनु भएको छ ।

काठमाडौ वडा नम्बर १५ शाखा कमिटीले आयोजना गरेको दशैँविशेष चियापान समारोहमा बोल्दै नेता खनालले यस्तो बताउनु भएको हो । साथै उहाले सरकारले प्रतिपक्षीको भूमिकालाई नजरअन्दाज गरेको आरोप समेत लगाउनुभयो । नेता खनालले सरकारले मधेसी मोर्चासँग मात्रै वार्ता गरेर प्रतिपक्षी दलको भूमिकालाई उपेक्षा गरेको पनि दाबी गर्नुभयो । उहाँले तीन तहको निर्वाचन र संविधान कार्यान्वयन गर्नुपहिले त्यसका लागी ऐन कानुन निर्माण गर्नुपर्नेमा तीन दलबीच सहमति हुनुपर्नेमा जोड समेत दिनुभयो ।
