पहिलो बन्नुपर्छ भन्दै देउवाको कार्यकर्तालाई उर्दी !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २२ शनिवार २०:१४ बजे

पहिलो बन्नुपर्छ भन्दै देउवाको कार्यकर्तालाई उर्दी !

काठमाण्डौ
असोज २२
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब हुने तीनवटै निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुनुपर्नेमा जोड दिनुभएको छ ।

नेपाली कांग्रेस मध्यपुर नगर समितिले विजया दसमी, दीपवाली, नेपाल संवत् ११३७ नयाँ वर्ष एवं छठको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले संविधाले तोकेकै मितिमा तीनवटै निर्वाचन हुने भएकाले कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने बताउनुभएको हो । संविधानअनुसार स्थानीय तह, प्रदेश र संसद गरी तीनवटै निर्वाचन समयसिमाभित्रै हुने भन्दै सभापति देउवाले कांग्रेसलाई पहिलो पार्टी बनाउन जुट्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार