काठमाण्डौ
असोज २२
नेपाल ट्रेड युनियन महासंघ जिफन्टले औद्योगिक व्यवसाय ऐन मजदुरको हक हित विरुद्ध भएको भन्दै अन्तराष्ट्रिय श्रम संगठन आइ एल ओमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।
महासंघले अन्तराष्ट्रिय श्रम संगठन आईएलओ महासन्धिको १ सय ४४ अनुसार श्रम सम्बन्धी विषयमा सरोकारवालाको सहमतिमा नीति तथा कानुन बन्नुपर्ने त्यसको उल्लंघन गर्दै औद्योगिक व्यवसाय ऐन जारी गरेकाले त्यसविरुद्ध उत्रिने तयारी गरेको हो ।
मर्यादित श्रमका लागि विश्व दिवसको सन्र्दभमा आज राजधानीमा आयोजित कार्यक्रममा महासंघका अध्यक्ष विष्णु रिमालले आईएलओ महासन्धिको मर्मविरुद्ध श्रमिकको अधिकार कटौती गर्ने गरी ल्याईएको औद्योगिक ऐनविरुद्ध अन्तराष्ट्रिय श्रम संगठनको संगठन स्वतन्त्रता सम्बन्धी युनिटमा मुद्दा दायर गरिने चेतावनी दिनुभयो ।
