सरकारले खटाई खटाई दिएको रकमले भूकम्पपिडितले दशैमा मासुभात खानु कि घर बनाउन साच्नु ?


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २१ शुक्रवार ११:४४ बजे

सरकारले खटाई खटाई दिएको रकमले भूकम्पपिडितले दशैमा मासुभात खानु कि घर बनाउन साच्नु ?

काठमाण्डौ
असोज २१
भूकम्पबाट क्षति भएका घर पुनर्निर्माणका लागि ३ लाख ८१ हजार ५ सय १ भूकम्प पीडित घरधनीको बैंक खातामा पहिलो किस्ताको अनुदान सहयोग रकम ५० हजार रुपैयाँ जम्मा भएको छ ।

सिन्धुपाल्चोकमा ७२ हजार ३७, रामेछापमा २९ हजार १ सय २, ओखलढुंगामा १७ हजार ३, गोरखामा ४८ हजार ६ सय ५८ घरधनीको बैंक खातामा अनुदान रकम जम्मा भएको छ ।
यस्तै दोलखामा ४१ हजार ९ सय ८२, काभ्रेमा ४८ हजार ९२, नुवाकोटमा ३८ हजार ६ सय ४९, सिन्धुलीमा १९ हजार ६ सय ५८ घरधनीको बैंक खातामा अनुदान रकम जम्मा भएको छ । रसुवामा ६ हजार ६९, धादिङमा ३७ हजार ६ सय ४६ र मकवानपुरमा ११ हजार ९ सय ४८ घरधनीको बैंक खातामा अनुदान रकम जम्मा भएको प्राधिकरणका प्रबक्ता रामप्रसाद थपलियाले जानकारी दिनुभयो । यस्तै ४ लाख ५० हजार ५ सय २८ घरधनीसँग अनुदान सम्झौता भएको उहाँले बताउनुभयो । प्राधिकरणले घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम अन्य क्षेत्रमा खर्च नगर्न आवाश अनुदान रकम बुझेकाहरुलाई आग्रह गरेको छ । पुर्ननिर्माणको लागी लिएको अनुदान रकम अन्य क्षेत्रमा प्रयोग गरे दोस्रो र तेस्रो किस्ताको अनुदान रकम समेत नदिईने प्राधिकरणले चेतावनी दिएको छ । यसैबीच काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा भूकम्पबाट क्षति भएका १ लाख १५ हजार ८ सय ३ घरको सर्भेक्षण सकिएको  पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार