काठमाण्डौ
असोज २१
प्रधानमन्त्री पुष्पकमल दाहाल आज गोर्खा प्रस्थान गर्नुभएकोछ ।
गोरखाको लाप्राक– ६ गुम्सीपाखामा निर्माण हुन लागेको एकीकृत पुनर्बास बस्तीको शिलान्यास गर्न प्रधानमन्त्री दाहाल केहीबेरअघि त्यसतर्फ प्रस्थान गर्नुभएको उहाँको निजि सचिवालयले जनाएको छ । दाहालले आजै बिहान साढे १० बजे सो वस्तीको शिलान्यास गर्ने कार्यक्रम छ । एकीकृत पुनर्बास बस्ती गैरआवसीय नेपालीहरुको संस्था एनआएनको सहयोगमा निर्माण हुन लागेको हो । प्रधानमन्त्री दाहालसहित एनआरएनका अध्यक्ष शेष घलेको टोली पनि नमुना वस्ती उद्घाटन गर्न लाप्राक पुग्ने बताईएको छ । प्रधानमन्त्री शिलान्यास गर्न लागेको नमुना वस्ती राष्ट्रिय वन क्षेत्रमा बन्न लागेको हो । लाप्रापकको गुप्सीपाखामा ६ सय १६ घरधुरी बस्दै आएका छन् ।
