दशैँको बेला कांग्रेसको छलफल !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २० बिहीवार १५:३३ बजे

दशैँको बेला कांग्रेसको छलफल !

काठमाण्डौ
असोज २०
नेपाली काँग्रेसले व्यवस्थापिका–संसद्मा प्रस्तुत भएका निर्वाचनसम्बन्धी विधेयकको मस्यौदामाथि आन्तरिक छलफल गरेको छ ।

काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेकोे संसदीय दल कार्यसमितिको बैठकमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले असोज १८ गते व्यवस्थापिका–संसद्को प्रस्तुत गर्नुभएको विधेयकमाथि छलफल भएको प्रमुख सचेतक चीनकाजी श्रेष्ठले जानकारी दिनुभयो । साथै विधेयकका बारेमा अन्य दलसँगसमेत छलफल गरिने उहाँले बताउनुभयो ।

बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष एवम् शान्ति मन्त्री सीतादेवी यादव, केन्द्रीय सदस्य प्रकाशमान सिंह, केन्द्रीय सदस्य एवम् सहरी विकास मन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य एवम् भौतिक पूर्वाधार मन्त्री रमेश लेखक लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार