नानी पाउनु कहिले कहिले कन्दानी बाट्न लगाउदै गृहमन्त्री !


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७३ असोज २० बिहीवार १५:२९ बजे

नानी पाउनु कहिले कहिले कन्दानी बाट्न लगाउदै गृहमन्त्री !

काठमाण्डौ
असोज २०
उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधीले तीन तहको निर्वाचनका लागि तयारी अवस्थामा रहन नेपाल प्रहरीलाई निर्देशन दिनुभएको छ ।

६१ औं प्रहरी दिवसको अवसरमा प्रहरी मुख्यालय नक्सालमा आज आयोजित एक समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री निधीले तीन तहको निर्वाचन गराउने दायित्व वर्तमान सरकारको रहेको बताउँदै नेपाल प्रहरीलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभएको हो ।
लोकतान्त्रिक संविधान जारी भएको अवस्थामा अहिलेको सरकारले स्थानीय तहको निर्वाचन गर्ने जिम्मेवारी बोकेकाले प्रहरी संगठनले त्यसलाई प्राथमिकतामा राख्न गृहमन्त्रीले आग्रह समेत गर्नुभयो । गृहमन्त्री निधीले कर्तव्य पालनाको शिलशिलामा सहीद भएका प्रहरीको आश्रति परिवारलाई उचित सहयोग गर्न जरुरी रहेको समेत औल्याउनुभयो । सहीद प्रहरीमा आश्रीत परिवारलाई रोजगार र शिक्षाका लागि सहयोग गर्न कार्यबिधि बनाउनु आवश्यक रहेको समेत उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्यालले प्रहरी संगठनलाई भौतिक संरचनामात्रै नभएर गृहमन्त्रालय र सरकारले अविभावकत्व पनि दिन सक्नुपर्ने बताउनुभयो ।


प्रतिक्रिया

सम्बन्धित समाचार