काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठक बस्दै छ । एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार स्थानीय तह निर्वाचनको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेकाे हाे । बैठक मंगलबार दिउँसाे ३ बजे बजेका लागि बाेलाइएकाे छ ।
बैठकमा आगामी केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गर्ने विषयमा छलफल हुने उनले बताए । उनकाअनुसार स्थानीय तह निर्वाचनको कार्ययोजना बनाउन केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक छिट्टै बोलाउने तयारी गरिएको छ ।
सोमबार बसेको पार्टी केन्द्रीय कार्यालयको बैठकमा केन्द्रीय कमिटीको बैठक छिट्टै बोलाई स्थानीय तह निर्वाचन केन्दि्रत कार्ययोजना बनाउने विषयमा छलफल भएको थियो ।
