काठमाडौं । नेपाली काँग्रेसले आउदो मंसिरमा १४ औं महाधिवेशन गर्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा शनिबार बसेको केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गते महाधिवेशन गर्ने निर्णय गरेको कांग्रेसले जनाएको छ।
कांग्रेसका अनुसार भदौ २ गतेसम्म क्रियाशील सदस्यको अन्तिम नामावली निर्वाचन समितिलाई बुझाउने समय तोकिएको छ । भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने काँग्रेस बैठकले निर्णय गरेको छ ।
वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गते गर्ने काँग्रेसले निर्णय गरेको छ ।
