लुम्बिनी प्रदेश सांसद विमला खत्री वली नेकपा माओवादी केन्द्रमा सक्रिय हुने भएकी छन्। हालै नेकपा एमालेमा सक्रिय रहने विज्ञप्ति जारी गरेकी उनले ‘बोली फेर्दै’ माओवादीमै फर्किएकी छन्।
उनी गत निर्वाचनमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित भएकी थिइन्।
एमाले र एमाओवादी मिलेर नेकपा बने पनि फागुन २३ को सर्वोच्चको फैसलाले यी दुई दल पुन अस्तित्वमा आएसँगै वली कहिले एमाले कहिले माओवादीमा सक्रिय छन्।
पछिल्लोपटक वली एक सातादेखि सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्। उनी माओवादीमा फर्किएको र आज पत्रकार सम्मेलन गरिने माओवादी नेताहरू बताउँछन्।
यसबीचमा लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध विपक्षी गठबन्धनका सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
आफ्नो पक्षमा बहुमत पुर्याउन सत्तारूढ एमाले र विपक्षी नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेससहित दलका सांसदहरू थप सांसद आफ्नो पक्षमा तान्ने प्रयास गरिरहेका छन्।
