प्रधानमन्त्रीको पार्टी सोध्न सर्वोच्च अदालत जानुस् : ओली


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन २४ सोमवार ०९:३१ बजे

प्रधानमन्त्रीको पार्टी सोध्न सर्वोच्च अदालत जानुस् : ओली

काठमाडौँ । यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका नेता भीम रावलबीच जुहारी चलेको छ ।

वर्तमान समयमा शीर्ष नेताहरुबीच प्रश्नोत्तरको जुहारी चलिरहँदा प्रधानमन्त्री ओलीले र रावलको प्रश्नको जवाफ दिएका छन्।

आइतबार सर्वोच्च अदालतले नेकपा खारेज गरेपछि बसेको संसद बैठकमा नेता रावलले प्रधानमन्त्री ओलीलाई तपाईं कुन पार्टीको भनेर सोधेका थिए ।

सोमबार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा ओलीले जवाफ दिँदै भने, ‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री हो जानकारी पाउँ । सर्वोच्च अदालतमै जानुस् सोध्न’ । उनले आफु कुन पार्टीको हो अदालतमा सोध्न आग्रह गरेका छन् ।

ओलीले सर्वोच्चले नै कुन पार्टीको प्रधानमन्त्री भनेर छिनोफानो गरिसकेकाले जानेर पनि नजानेजस्तो नगर्न सचेत गराए । प्रतिउत्तरमा उनले भने ‘मैले सोध्न नपरोस् तपाई कुन पार्टीको हो ?

यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पनि रावललाई जवाफ दिँदै प्रधानमन्त्री नेकपा एमाले पार्टीको भएको बताएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार