नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: माधवकुमार नेपाल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १८ मंगलवार ०९:३९ बजे

नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ: माधवकुमार नेपाल

नेपाल प्रेस सङ्गठन मोरङद्वारा आज आयोजित पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी९नेकपा० दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नैतिकताको हिसाबले प्रधानमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध सडक सङ्घर्ष गर्ने सबैसँग मिलेर सरकार बनाइने जिकिर गर्दै पार्टीका अधिकारिकता विषयमा समस्या नहुने विचार राख्नुभयो ।

निर्वाचन आयोगमा पार्टीको आधिकारिकताका विषयमा चिठ्ठी नै लेखेर पठाइसकिएको बताउँदै नेता नेपालले आवश्यक परेमा पार्टी आधिकारिकताका सबै प्रमाण पेश गरिने छ भन्नुभयो ।

 


प्रतिक्रिया

सम्बन्धित समाचार