प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापामा,


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १६ आइतवार ०७:२४ बजे

प्रधानमन्त्री ओली विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापामा,

रासस
प्रधानमन्त्री केपी शर्मा ओली झापामा चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यासलगायत विभिन्न कार्यक्रममा सहभागी हुन आज गृहजिल्ला झापा पुग्नु भएको छ ।
उहाँलाई यती एयरलायन्सको पहिलो उडानबाट भद्रपुर अवतरण गरेपछि प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी, प्रदेश नं ३ का प्रदेश प्रमुख विष्णु प्रसार्इं, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, सङ्घीय तथा प्रदेश सांसद, नेकपाका केन्द्रीय नेतासहित सयौँ कार्यकर्र्ताले स्वागत गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आज पहिलो कार्यक्रमका रूपमा कमल गाउँपालिकाको तोपगाछी क्याम्पबाट धरमपुर–मङ्गलबारे जोड्ने कमल खोलाको पक्की पुलको उद्घाटन गर्नुहुनेछ । यसैगरी दिउँसो दमक नगरपालिका–१० मा रहेको मावा खोलाको पुल उद्घाटन र बहुचर्चित नेपाल–चीन मैत्री औद्योगिक पार्कको शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका सचिवालय सदस्य होमबहादुर थापाले जानकारी दिनुभयो ।

त्यसपछि प्रधानमन्त्री ओलीले इलामको चुलाचुली जोड्ने रतुवा पुलको उद्घाटन र मदन भण्डारी लोकमार्गका ३१ पुलको एकैचोटी शिलान्यास गर्नुहुने थापाले बताउनुभयो । प्रधानमन्त्री ओली आजै साँझ झापाको कार्यक्रम सकेर भद्रपुरबाटै जहाजबाट काठमाडौँ फर्किने कार्यक्रम छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार