‘आलोपालो अध्यक्ष र आलोपालो प्रधानमन्त्री भन्ने पनि थियो, जालझेल चरित्रका केपी ओली हाम्रो वर्गमा रहेनन्, प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १५ शनिवार ०९:०१ बजे

‘आलोपालो अध्यक्ष र आलोपालो प्रधानमन्त्री भन्ने पनि थियो, जालझेल चरित्रका केपी ओली हाम्रो वर्गमा रहेनन्,  प्रचण्ड

नेकपा अध्यक्ष पुष्पकमल दाहालले शनिबार शिक्षक संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै भने ’छलछाम, जालझेल, खुराफात र दलालको चरित्रका ‘केपी ओली हाम्रो वर्गमा रहेनन्,’ ।
‘मलाई इन्टरभ्यूमा पार्टी एकता हुन्छ कि भनेर सोधियो, विचार मिल्यो भने एकता हुन्छ, नभए हुँदैन,’ दाहालले भने।

कम्युनिष्ट आन्दोलनमा यस्ता व्यक्तिले ठूला ठूला प्रतिगमनलाई साथ दिएको र आफ्नो वर्गलाई पनि धोका दिइरहेको दाहालले बताए। उनले थपे, सहमति को सँग गर्ने नगर्ने भन्ने व्यक्तिगत विचारको कुरा हो । हिजो पनि विचारकै सन्दर्भमा मूलभूत रूपमा ‍सहमति भएको थियो । अनुहार हेरेर एकता भएको हैन । लेनिनवादी सिद्धान्तमा आधारित भएर बहुमतको निर्णयअनुसार सहमति गरिएको थियो ।

एमालेको इतिहासको पनि गौरबशाली भूमिका भनेर हामीले मानेका छौं। उच्च मूल्यांकन गरेका छौं। कम्युनिष्ट आन्दोलनलाई लोकप्रिय बनाउन एमालेको भूमिका छ ’ उनले भने, ‘केपीले र मैले नै हस्ताक्षर गरेका हौं। राजनीतिक प्रतिवेदन र विधान पारित गर्‍यौं। त्यसको आधारमा भएको एकता हो। लिडरसिपको पनि कुरा थियो, आलोपालो अध्यक्ष र आलोपालो प्रधानमन्त्री पनि भन्ने पनि थियो।’

‘उहाँ त एक्लै आइम द स्टेट, श्री ३ महाराजजस्तै,’ दाहालले भने।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट