नेकपा उपाध्यक्ष वामदेव गौतमको प्रस्ताब, ओलीलाई अपमान महसुस नहुने गरी बिदा गरौं


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १३ बिहीवार ०९:४८ बजे

नेकपा उपाध्यक्ष वामदेव गौतमको प्रस्ताब, ओलीलाई अपमान महसुस नहुने गरी बिदा गरौं

आज बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्मानजनक ढंगले बहिर्गमनको वातावरण बनाउन र नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चुन्न प्रस्ताव गरेका छन् । 
गौतम निकट नेता ताज मोहम्मद मियाका अनुसार प्रचण्डलाई भेट्न गौतम बिहान सात बजे खुमलटार पुगेका थिए । उनीहरुबीच करिब एक घण्टा कुराकानी भएको थियो । प्रचण्डसँगको भेटमा गौतमले ओलीलाई अपमान महसुस नहुने गरी प्रधानमन्त्रीबाट विदा गरेमात्र नेकपा एकताबद्ध भइराख्न मद्दत पुग्ने बताएका छन् ।
मिया भन्छन् ‘वामदेव कमरेडको प्रस्तावमा प्रचण्ड कमरेड पनि सकारात्मक हुनुहुन्छ,’ उनले भने, ‘एकताको वातावरण बनाइराख्नका लागि सक्रिय हुन पनि प्रचण्डले भन्नु भएको छ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट