प्रतिनिधि सभा विघटन बदर भएसंगै प्रतिनिधि सभाका सांसदले पुस ६ देखिको तलब एकमुष्ट पाउने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन १३ बिहीवार ०९:१५ बजे

प्रतिनिधि सभा विघटन बदर भएसंगै प्रतिनिधि सभाका सांसदले पुस ६ देखिको तलब एकमुष्ट पाउने

सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि प्रतिनिधि सभाका सांसदहरूले संसद नचलेको अवधि पुस यताको तलब पनि एकमुष्ट पाउने भएका हुन्।

पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन असंवैधानकि भएकाले त्यतिबेलादेखि नै कानुनी प्रभाव शून्य रहने गरी बदर गरिदिएको थियो।

रोजनाथ पाण्डे,संसद सचिवालयका प्रवक्ताका अनुसार पुसको बाँकी अवधिको र माघ तथा फागुनको तलब सांसदहरूको खातामा जम्मा हुने छ ।

सांसदहरूको तलब मासिक ५५ हजार २ सय ३० रुपैयाँ छ। प्रमुख प्रतिपक्षी दलका नेता, समितिका सभापति र दलका सचेतकलगायतको केही बढी छ। यो अवधिमा बैठक बसेको भए उनीहरूले बैठक भत्ता र यातायात सुविधा पाउने थिए।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट