प्रदेश १ काे प्रदेशसभा बैठकः अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची, सत्ता पक्षले नै अवरुद्ध गर्ने तयारी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ९ आइतवार ०४:२७ बजे

प्रदेश १ काे प्रदेशसभा बैठकः अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची, सत्ता पक्षले नै अवरुद्ध गर्ने तयारी

विराटनगर । प्रदेश १ को जारी सातौ हिउँदे अधिवेशनको तेस्रो बैठक आजका लागि बाेलाइएकाे छ । तर आजकाे प्रदेशसभा बैठक सरकारले नै अवरोध गर्ने भएको छ ।

संसद् सचिवालयले आजको बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  केपी शर्मा ओली समूहले बैठक अवरुद्ध गर्ने बताएको हो ।

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले आजसम्मका लागि बैठक स्थगित गरेका थिए ।

आइतबार दिउँसो २ बजे आह्वान गरिएको बैठक पनि सञ्चालन गर्न नदिने नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए । बैठक सञ्चालन गर्नका लागि पार्टी दुई वटा हुनु पर्ने उनीहरूकाे भनाइ छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट