बैतडीमा कांग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताद्वारा ढुङ्गामुढा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ४ मंगलवार १३:०४ बजे

बैतडीमा कांग्रेसको कार्यक्रममा नेकपा कार्यकर्ताद्वारा ढुङ्गामुढा

बैतडी । नेपाली कांग्रेसका नेता एपी साउद र डिला संग्रौला सहभागी भएको विरोध सभामा झडप भएको छ ।

बैतडीको डिलासैनी गाउँपालिका ३ को पङसेरा भन्ने गाउँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र कांग्रेसका कार्यकर्ताबीच झडप भएको हो । झडपमा ६ जना घाइते भएका छन् ।

विरोधसभामा कांग्रेस नेता, एनपी साउद, डिला सङ्ग्रौला र नैनसिंह महरलगायतको सहभागिता थियो । सभा सुरु भएपछि, नेकपाका कार्यकर्ताले ढुङ्गामुढा प्रहार गरेपछि झडप भएको नेपाली कांग्रेस डिलासैनी गाउँपालिका कार्यसमितिका सचिव वीरबहादुर बिष्टले जानकारी दिए ।

प्रेस युनीयनका कैलालीका अध्यक्ष श्रवण देउवाका अनुसार सभा बिथोल्ने नियतले नेकपाका कार्यकर्ताले ढुङ्गा प्रहार गरेपछि दोहोरो झडप भएको थियो ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट