जनार्दन शर्मा भन्छन् – नेकपा विवाद टुंगोमा नपुग्दासम्म निर्वाचन हुन सक्दैन


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ४ मंगलवार १२:२३ बजे

जनार्दन शर्मा भन्छन् – नेकपा विवाद टुंगोमा नपुग्दासम्म निर्वाचन हुन सक्दैन

सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका स्थायी कमिटी सदस्य जनार्दन शर्माले नेकपाको विवादलाई थाती राखेर निर्वाचन हुन नसक्ने दावी गरेका छन् ।

नेकपा (प्रचण्ड–नेपाल) समूहको जिल्ला भेलामा सल्यान पुगेका शर्माले पत्रकार भेटघाट कार्यक्रममा निर्वाचन हुन नसक्ने बताएका हुन् ।

शर्माले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा छ । यस्तो अवस्थामा मध्यावधि हुन सक्दैन ।’

‘नेकपा भित्रको विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टीको आधिकारिकताको लागि विवाद निर्वाचन आयोगमा पुगेको छ । यस्तो अवस्थामा मध्यावधि निर्वाचन कुनै हालतमा हुन सक्दैन । यस्तो अवस्थामा पनि निर्वाचन गर्न खोजियो भने त्यसको हिसाबकिताब जनताले गर्नेछन् ।’


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट