सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दैछ : कांग्रेस प्रवक्ता शर्मा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ फागुन ३ सोमवार ०५:२५ बजे

सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्दैछ : कांग्रेस प्रवक्ता शर्मा

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले सामाजिक सञ्जाल व्यवस्थापनका नाममा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित पार्ने काम गरिरहेको बताएका छन् । साथै उनले युवा पुस्तालाई सजग रहन पनि आग्रह गरेका छन् ।

सोमबार पार्टीका तर्फबाट एक विज्ञप्ति जारी गरी विरोधका बाबजुद पनि सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ का नाममा संसदमा विचाराधीन विवादास्पद सूचना प्रविधि विधेयकलाई नयाँ स्वरुपमा ब्युँताउन लागेको भन्दै उनले आपत्ति जनाएका हुन् ।

‘सामाजिक संजाललाई नियमन गर्ने, मर्यादित र स्वस्थ बनाउने प्रश्नमा कसैको पनि विमती हुन सक्दैन तर, त्यसका लागि विद्यमान कानून भित्रै आवश्यक प्रावधान छँदैछन् । थप व्यवस्था आवश्यक छ भने पनि बृहत्तर विमर्श बेगर, संसद विघटन भएको समयमा निर्देशिका मार्फत जारी गर्नु तर्फ लाग्नुले सरकारको नियत माथि गम्भीर प्रश्न उब्जिएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार