काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनाल उपचारका क्रममा भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।
नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख विष्णु रिजालका अनुसार पूर्वप्रधानमन्त्री खनाल उपचारका क्रममा अहिले ११ बजे नेपाल एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गरेका हुन् । उनी केही दिन दिल्लीमा रहने छन्।
पारिवारिक स्रोतका अनुसार शरीर काँप्ने रोगको उपचारका लागि खनाल चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टिनमा बस्नै पर्ने बाध्यताका कारण उनी दिल्ली गएका हुन् ।
पीसीआर परिक्षण निगेटिभ रहेको रिपोर्टसहित गएपछि भारतमा क्वोरिन्टनमा बस्नु पर्ने अनिवार्यता छैन । यसअघि अमेरिका र चीनमा खनालले उपचार गराएका थिए ।
