संसद विघटनविरुद्धका रिटमा संवैधानिक इजलासमा आजबाट पुनः बहस सुरु


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २८ बुधवार ०५:१५ बजे

संसद विघटनविरुद्धका रिटमा संवैधानिक इजलासमा आजबाट पुनः बहस सुरु

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटहरुमा सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा आजबाट पुनः बहस सुरु हुँदैछ ।

संसद विघटनविरुद्ध परेका १३ वटा मुद्दामा माघ ४ गतेदेखि निरन्तर बहस हुँदै आएको थियाे । तर न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा हिजाे एक दिन स्थगित गरिएको बहस आजबाट पुनः सुरु भएकाे हाे ।

अहिले प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरेका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार