‘मूल पार्टी कुन हाे भन्ने अन्योलमा अझै कोही रहे कठैबरा मात्रै भन्न सकिन्छ’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २३ शुक्रवार ०९:०९ बजे

‘मूल पार्टी कुन हाे भन्ने अन्योलमा अझै कोही रहे कठैबरा मात्रै भन्न सकिन्छ’

काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले मूल पार्टी कुन भन्ने अन्योलमा अझै कोही रहे कठैबरा भन्न सकिने बताएका छन् ।

नेकपा ओली समूहले काठमाडौंमा गरेको बृहत आमसभालाई सम्बोधन गर्दै उनले आफ्नो समूह नै मूल पार्टी भएको दावी गरे । आफूहरुलाई आमसभा गर्न काठमाडाैंमा ठाउँ नै नभएको टिप्पणी उनकाे टिप्पणी थियाे । “हामीलाई काठमाडौंमा आमसभा गर्ने ठाउँ भएन् । अरुलाई जहाँ गरेपनि ठुलो हुन्छ ।” उनले भने ।

अझै मानिसहरु कुन हो भनेर सोधिरहेका छन् । आजको कार्यकम्रमा पूर्वपश्चिम सबैतिरमा मानिसहरु रहेको र अटाउँने ठाउँ समेत नभएको दाबी गरे । नेकपाकै सबै भन्दा ठूलो पार्टी भएको बताउँदै देश बनाउने पार्टी आफूले नेतृत्व गरेको नेकपा भएको बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार