संवैधानिक नियुक्तिविरूद्ध सभामुख सापकोटाको रिट निवेदनमा ३९ जना विपक्षी


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २३ शुक्रवार ०७:१९ बजे

संवैधानिक नियुक्तिविरूद्ध सभामुख सापकोटाको रिट निवेदनमा ३९ जना विपक्षी

काठमाडौं । संवैधानिक परिषद्को सिफारिसमा सरकारले विभिन्न आयोगहरुमा गरेको नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वाेच्च अदालतमा रिट निवेदन दर्ता गरेका छन् ।

सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार परिषद्को सिफारिस, नियुक्ति र नियुक्ति पाएकाहरुको कामकारवाही बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमा राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीशलगायत ३९ जनालाई विपक्षी बनाइएको छ । रिट निवेदन दर्ता गर्न सभामुख सापकोटा शुक्रबार आफै सर्वोच्च अदालत पुगेका थिए ।

यसैबीच सभामुख सापकोटाले अहिले केहीबेरमा सिंहदरवारस्थित कृषि समितिको हलमा पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिने भएका छन् । त्यसका लागि १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको सल्लाहकार न्यौपानेले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार