नेकपाविरुद्ध परेको मुद्दाको कार्की र रेग्मीका इजलासमा सुनुवाइ हुँदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २२ बिहीवार ०६:०७ बजे

नेकपाविरुद्ध परेको मुद्दाको कार्की र रेग्मीका इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष ऋषिराम कट्टेलले नेकपा आफ्नो भएको दाबी गर्दै सर्वोच्च अदालतमा हालेको रिटमाथि आज सुनुवाई हुँदैछ।

तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिएका थिए। २०७५ साल कात्तिक ९ गते आयोगले नेकपाको पक्षमा फैसला सुनाएकाे थियाे ।

त्यसपछि कट्टेलले २०७५ साल मंसिर २१ मा सर्वोच्चमा रिट दर्ता गरेका थिए। नेकपा फुटेर ओली र प्रचण्ड–नेपाल समूहमा विभाजित भएको बेला यो मुद्दा पेसीमा चढेको हो।

निर्वाचन आयोगलाई विपक्षी बनाइ हालिएको रिटमा आज न्यायाधीशद्वय हरिकृष्ण कार्की र कुमार रेग्मीका संयुक्त इजलासमा पेसी तोकिएको छ।


प्रतिक्रिया

सम्बन्धित समाचार