ओली तानाशाहको दिनगन्ती शुरु भयो : रामकुमारी झाँक्री


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २२ बिहीवार ०४:३२ बजे

ओली तानाशाहको दिनगन्ती शुरु भयो : रामकुमारी झाँक्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संवैधानिक निकायमा मनोमानी नियुक्ती गरेपछि हड्तालमा उत्रिएका नेकपाका कार्यकर्तामाथि धरपकड शुरु भएको छ ।

केहीबेरअघि नेकपाका बरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्यसहित दर्जनौँ नेता पक्राउ परेका छन् । उनलाई पक्राउ गरेपछि सडकमा झनै आक्रोश देखिने भएको छ । शाक्य पक्राउ परेपछि नेकपाका नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीको दिनगन्ती शुरु भएको प्रतिक्रिया दिएकी छिन् ।

सामाजिक सञ्जालमा शाक्यको तस्विरसहित उनले लेखेकी छिन्,‘खड्कप्रसाद शर्मा ओली तानाशाहको दिनगन्ति सुरू भएका छन् । उल्टो बाटो हिडेको तानाशाह गर्ल्याम गुर्लुम छिटै ढल्ने छ। त्यसका मतियार पनि जानेछन । भाग्नेछन् । प्रतिगमन बिरुद्द उठौँ र जागौँ, एक धक्का अरू दिऔं । लोकतन्त्रको रक्षा गर्न, संबिधानलाई सहि ट्रयाकमा ल्याउन, संसद पुनः स्थापनाको लागि छोटो तर अर्थपूर्ण आन्दोलनलाई अझै प्रभावकारी बनाऔं । कमरेड अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ पर्नु भएको छ । हार्दिक सम्मान कमरेड हामी मैदानमै छौं ।’

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। भने फाट्टफुट्टमात्रै सवारी साधन चलेका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५० जनाभन्दा बढीलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार