सभामुख पनि गएनन् संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ २१ बुधवार ०६:३७ बजे

सभामुख पनि गएनन् संवैधानिक आयोगमा नियुक्त पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा

काठमाडाैं । सभामुख अग्नि प्रसाद सापकोटा संवैधानिक आयोगमा सिफारिस भएका पदाधिकारीको शपथ ग्रहण कार्यक्रममा उपस्थित भएनन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बुधबार बिहान ३२ जना पदाधिकारीहरुलाई शपथ ग्रहण गराइएको थियो ।

राष्ट्रपति बिद्यादेवी भण्डारीको उपस्थितीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस भएका प्रेम कुमार राईसहित आयोगका अध्यक्षमा नियुक्त भएकाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाट तथा सदस्यहरुलाई सम्बन्धित आयोगको प्रमुखबाट शपथ गराइएको हो ।

संविधान मिचेर पदाधिकारी नियुक्त गरेको भन्दै सभामुख कार्यक्रममा नगएको उनी निकटहरुको भनाइ छ।


प्रतिक्रिया

सम्बन्धित समाचार