प्रचण्ड-नेपाल समूहकाे केन्द्रीय समिति बैठक बस्दै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १८ आइतवार ०९:४८ बजे

प्रचण्ड-नेपाल समूहकाे केन्द्रीय समिति बैठक बस्दै

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड-माधबकुमार नेपाल समूहले  केन्द्रीय समितिको बैठक बोलाएको छ।

माघ २८ गते हुने भनिएको जनप्रदर्शन तथा निर्वाचन आयोगले दल दर्तासम्बन्धी प्रक्रिया अघि बढाउन लागेपछि प्रचण्ड-नेपाल समूहले माघ १९ गतेका लागि केन्द्रीय समितिको बैठक आह्वान गरेको हो ।

काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुको बैठक बसी निर्वाचन आयोगले अघि बढाउन लागेको दल दर्तासम्बन्धी कार्यक्रमबारे धारणा लिने उक्त समूहका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार