प्रधानमन्त्रीले संघीयता नै खारेज गर्न खाेजेकाे माधव नेपालकाे आरोप


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १५ बिहीवार ०७:४४ बजे

प्रधानमन्त्रीले संघीयता नै खारेज गर्न खाेजेकाे माधव नेपालकाे आरोप

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै खारेज गर्न लागेकाे दावी गरेका छन् ।

बिहीबार पेरिसडाँडामा बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाहिरहेको आरोप लगाए ।

साथै ओलीले प्रतिनिधि सभा विघटन गरेर इतिहासमा कलंकको टीका लगाएको उनकाे भनाइ थियाे । उनले संविधानविपरीत संसद विघटन गर्ने ओलीको प्रतिगामी कदमविरुद्ध जनता सडकमा ओर्लिसकेकाले संसद पुनर्स्थापना हुने दावी गरे ।


प्रतिक्रिया

सम्बन्धित समाचार