संसद विघटन मुद्दामा : संवैधानिक इजलासमा अञ्जु पन्तको गीतकाे चर्चा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १५ बिहीवार ०७:३२ बजे

संसद विघटन मुद्दामा : संवैधानिक इजलासमा अञ्जु पन्तको गीतकाे चर्चा

काठमाडौं । सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ भइरहेकाे छ । बिहीबार बहस गर्ने क्रममा अधिवक्ता गोपालकृष्ण घिमिरेले गायिका अञ्जु पन्तले गाएकाे चर्चित गीतकाे चर्चा गरेका छन् ।

बिहीबार घिमिरेले बहसका क्रममा संविधानसभाले बनाएको संविधान ‘न बिर्सेँ तिमीलाई…’ जस्तो भएको बताए । “दुई दुईवटा संविधानसभाले बनाएको संविधान न बिर्सन सकिन्छ, न संविधान पाएको जस्तो भयो, यो विघटनले,’’ उनले भने, ‘‘अञ्जु पन्तको गीत न बिर्सेँ तिमीलाई, न पाएँ तिमीलाई जस्तो भयो ।’’

साथै उनले बहस गर्दै प्रतिनिधि सभा विघटन खारेजीको माग गरेका छन् । प्रतिनिधिसभा विघटनको विपक्षमा बहस गर्दै उनले संसद् विघटनको निर्णय असंवैधानिक भएको जिकिर गर्दै यस्तो माग गरेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट