केपी ओलीले देशलाई कालो सुरुङमा हाले, जोगाउन निर्णायक संघर्षमा उत्रनुपर्छ : प्रचण्ड


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ १५ बिहीवार ०६:५६ बजे

केपी ओलीले देशलाई कालो सुरुङमा हाले, जोगाउन निर्णायक संघर्षमा उत्रनुपर्छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश जोगाउन निर्णायक संघर्षमा उत्रनुपर्ने बताएका छन् ।

पेरिसडाँडामा बिहीबार बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कालो सुरुङमा हालेकाले अब देश जोगाउन निर्णायक संघर्षमा उत्रनुकाे विकल्प नरहेकाे बताए । त्यसकाे लागि माघ २८ को जनप्रदर्शन निर्णायक हुने उनकाे भनाइ थियाे ।

‘जनता नै त्यस्तो निर्णायक शक्ति हो, आफैंले ल्याएको परिवर्तन जोगाउन जनता सक्षम छन्’, प्रचण्डले भने । प्रचण्ड-नेपाल समूहले माघ २८ मा काठमाडाैंमा विशाल जनप्रदर्शनको तयारी गरेको छ । त्यसअघि माघ २२ गते मोटरसाइकल र्‍याली निकाल्ने तयारी गरेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट