किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ११ आइतवार १३:०६ बजे

किर्ते ओली सरकारविरुद्ध सडक आन्दोलन र संगठन विस्तार सँगसँगै : भीम रावल

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम इञ्चार्ज भीम रावलले केपी शर्मा ओलीको निर्णयविरुद्ध सडक आन्दोलन गर्दै संगठन विस्तारको कार्य पनि सँगसँगै लैजाने बताएका छन् ।

प्रचण्ड–नेपाल समूहको नेकपाले माघ १७ गते धनगढीमा गर्न लागेको बृहत जनप्रदर्शन बारेको पत्रकार सम्मेलनमा रावलले ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुनेर संगठन विस्तार पनि संगसँगै गरिने बताए ।

‘केपी ओलीको असंवैधानिक निर्णयविरुद्ध सडकमा पनि आन्दोलन हुन्छ, संगठन विस्तार पनि संगसँगै गरिन्छ’ नेता रावलले भने । उनले, केपी सरकार नभएर त्यो किर्ते सरकार भएको आरोप लगाए । ‘केपी सरकार होइन, त्यो किर्ते सरकार हो, त्यस सरकारले धेरै किर्ते गरेको छ’ उनले भने । ओली समूहले यस अघि नै धनगढीमा बृहत आमसभाको आयोजना गरिसकेको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार