संसद विघटन मुद्दा : संवैधानिक इजलासमा आजको बहस सुरू


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ६ मंगलवार ०६:३१ बजे

संसद विघटन मुद्दा : संवैधानिक इजलासमा आजको बहस सुरू

काठमाडौं । संसद विघटनविरूद्ध परेका मुद्दाहरूमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजको बहस सुरू भएको छ।

गत आइतबारदेखि निरन्तर बहस भइरहेको मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले बहस सुरू गरेका छन् । यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाटै दुई जना वकिलले बहस गरेका थिए।

एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए। वकालतनामाका लागि तयार भएका अधिवक्ताको संख्यालाई मध्यनजर गर्दै इजलासले बहस छोट्याउन पनि सुझाएका छन् ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटनगरेकी थिइन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार