काँग्रेस केन्द्रीय समिति बैठक भाेलि बस्ने


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ५ सोमवार ०५:५४ बजे

काँग्रेस केन्द्रीय समिति बैठक भाेलि बस्ने

काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक भाेलि बस्ने भएकाे छ ।

सरकारकाे सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि काँग्रेसले पुस ७ गतेबाट आन्दोलनका रणनीति बनाउन केन्द्रीय समिति शुरु गरेको थियाे । तर, पुस २७ गतेका लागि बोलाइएको बैठक स्थगित गरिएको थियो ।

यस बीचमा काँग्रेसले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश सभा निर्वाचन क्षेत्र र सम्पूर्ण स्थानीय तहमा सरकारको कदमको विरोध गरिसकेको छ ।

माघ ८ मा वडा तहमा विरोध प्रदर्शन तथा विरोध सभा आयोजना गरिएको छ। काँग्रेसले औपचारिक रुपमा प्रतिनिधि सभा विघटनलाई असंवैधनिक भने पनि यसको पुनर्स्थापना हुनुपर्ने विषयमा जोड दिएको छैन।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट