संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँन सर्वाेच्च तयार


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ माघ ४ आइतवार ०७:३९ बजे

संविधानसभामा भएको छलफलको रेकर्ड मगाउँन सर्वाेच्च तयार

काठमाडाैं । प्रतिनिधि सभा विघटनविरुद्धका निवेदनको सुनुवाइमा आवश्यक परे संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड मगाउन सर्वाेच्च अदालत तयार देखिएकाे छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते घोषणा गरेको प्रतिनिधि सभा विघटनविरुद्ध परेका निवेदनमाथि आइतबार भएको बहसमा कानुन व्यवसायीले संविधान निर्माणका क्रममा भएका छलफलको रेकर्ड माग गरेका थिए ।

जवाफमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संविधान निर्माणका बेला भएका छलफलको विवरण निवेदक सन्तोष भण्डारीले पनि उठाएको भन्दै त्यो मगाउन सकिने बताएका थिए । ‘संविधान बन्दाखेरिका कुरा यसअघि पनि उठेका छन् । हामीले नोट गरेका छौं । आवश्यक परे मगाउँछौं,’ उनले भने ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट