‘ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त भयाे’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २८ मंगलवार ०९:३९ बजे

‘ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त भयाे’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका नेता नारायणकाजी श्रेष्ठले केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त बनाएकाे बताएका छन् ।

मंगलबार पोखरामा आयोजित प्रदेशस्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गर्दै नेता श्रेष्ठले उनले केपी ओलीलाई प्रधानमन्त्री बन्ने रहरले पार्टी एकता र लोकतन्त्र ध्वस्त गरेको तथा संविधान नै च्यात्न खोजेको बताए । साथै उनले प्रधानमन्त्री ओलीको तानाशाही प्रवृत्तिलाई धुलो चटाएरै छाड्ने दावी गरेका छन् ।

‘एक जना व्यक्तिलाई प्रधानमन्त्री बनिरहने रहरले संविधान च्यात्न र लोकतन्त्रलाई ध्वस्त बनाउन पाइन्छ ? यो कुराको जवाफ केपी ओली र उनका समर्थकले दिनुपर्छ’ केन्द्रीय संघर्ष समितिका संयोजक समेत रहेका श्रेष्ठको भनाई छ ।

उनले ओलीको पुस ५ गतेको प्रतिगामी कदम नसच्चिएसम्म संघर्ष जारी रहने र अन्ततः ओलीको प्रतिगामी कदमलाई धुलो चटाएरै छाड्ने दावी पनि गरे । ‘संयुक्त संघर्षको पहल गरिरहेका छौ । दलहरुबीच छलफल र परामर्श पनि भइरहेको छ ।

राजनीतिक दल, नागरिक समाज र बुद्धिवजवीहरुसँग अन्तरक्रिया भइरहेका छन् र नयाँ किसिमले संघर्ष अघि बढाउने प्रयास भइहरेको छ’, श्रेष्ठले भने, ‘निरकुश, प्रतिगामी र तानाशाही प्रवृतिलाई धुलो चटाएरै छाड्छौ ।’


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट