प्रधानमन्त्री ओलीकाे पक्षमा डा. सीके राउत


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २७ सोमवार ०९:४६ बजे

प्रधानमन्त्री ओलीकाे पक्षमा डा. सीके राउत

काठमाडाैं । स्वतन्त्र मधेसको नारा बाेकेर हिडेका डा. सीके राउत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी शर्मा ओली समुहमा प्रवेश गर्ने चर्चा भैरहेको छ ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेपछि मधेश अलग देश बनाउने अभियानमा लागेका राउत माैन बसेकाले ओली समुहमा प्रवेश गर्ने चर्चालाई सत्य भएकाे अर्थ लगाउन थालिएको छ ।

स्राेतका अनुसार डा. राउत चाडै नेकपा ओली समुहमा प्रवेश गर्ने तयारीमा छन् । डा. राउतलाई केपी ओलीले नै स्वतन्त्र मधेसको एजेन्डाबाट ११ बुँदे सहमति गराएर मूलधारको राजनीतिमा ल्याएका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार
ताजा अपडेट