निर्वाचन प्रक्रिया तत्काल रोक्न प्रचण्ड-नेपाल समूहको माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २७ सोमवार ०७:५६ बजे

निर्वाचन प्रक्रिया तत्काल रोक्न प्रचण्ड-नेपाल समूहको माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन प्रकिया अघि नबढाउन आग्रह गरेका छन् ।

निर्वाचन आयोगको कार्यालयमा पुगेका प्रचण्ड–नेपालले असंवैधानिक तवरबाट भएको प्रतिनिधि सभा विघटनको विषय न्यायालयमा विचाराधिन रहेका बेला निर्वाचन प्रकिया अघि नबढाउन प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई आग्रह गरेका हुन् ।

पुस ५ मा प्रतिनिधि सभा विघटन भएपछि सरकारले वैशाखमा १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेको छ । सरकारले निर्वाचन मिति घोषणा गरेसँगै आयोगले आइतबार सञ्चार माध्यमहरूलाई निर्वाचनको वातावरण बनाउँन आग्रह गरेको थियो ।

निर्वाचनको वातावरण बनाउन आयोगले गरेको आग्रहमा आपत्ति जनाउँदै प्रचण्ड–नेपालले तत्काल निर्वाचन प्रकिया अघि नबढाउन तथा पार्टीभत्रिको वैधताको विषय छिटो टुंग्याउन आग्रह गरेको प्रचण्ड–नेपाल समूहका एक नेताले जानकारी दिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार