‘नेपाली भूमि नक्सामा मात्र हाेइन, व्यवहारिकरुपमै कायम हुन्छ’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २६ आइतवार ०८:०४ बजे

‘नेपाली भूमि नक्सामा मात्र हाेइन, व्यवहारिकरुपमै कायम हुन्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले भारतसँग साँचो मित्रता गर्न चाहेको बताएका छन् ।

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले भने ‘म भारतसँग साँचो अर्थमा मित्रता गर्न चाहन्छु, यसलाई गहिराईमा पुर्‍याउन चाहन्छु,’ ।

उनले कतिपयले आफ्नै कार्यकालमा किन भारतसँग बढी कुरा हुने गरेको भन्दै प्रश्न उठ्ने गरेको प्रसंग उठाए । उनले समस्या नउठाउने तर मौका परे राष्ट्रवादी कुरा गर्ने प्रवृत्ति नेपालमा रहेको उनले बताए ।

नेपाल विद्युत प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयातका लागि अनुमति पाएको प्रसंग पनि उनले बताए । उनले घुमाउरो ढंगले महाकाली सन्धी कार्यान्वयन प्रारम्भ भएको पनि बताए ।

नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वाषिर्क ७ करोड युनिट विद्युत निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ । उनले नक्सामा मात्र नभएर नेपाली भूमि नेपालीकै कायम व्यवहारिकरुपमै गरेर छाड्ने बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार