गृहजिल्लामा मन्त्री अर्याललाई कालोझण्डा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २६ आइतवार ०६:५४ बजे

गृहजिल्लामा मन्त्री अर्याललाई कालोझण्डा

काठमाडाैँ । आफ्नै गृहजिल्लामा कृषी मन्त्री पद्मा अर्याललाई कालोझण्डा देखाइएकाे छ। नेकपा ओली समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्न गृह जिल्ला पुगेकी मन्त्री अर्याललाई तरुणदल तथा नेविसंघले कालोझण्डा देखाएका हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यक्रम अनुसार भइरहेको विरोध प्रदर्शनमा मन्त्री अर्याललाई कांग्रेसका कार्यकर्ताहरुले कालोझण्डा प्रदर्शन गरेका हुन् ।

मन्त्री अर्याललाई कालोझण्डा देखाउँदै सरकारविरूद्द चर्काे नाराबाजी लगाएका थिए। सो क्रममा मन्त्री अर्याल मुल बाटोको विरोधसभालाई छल्दै भित्रीबाटोबाट नेकपाले आयोजना गरेको कार्यक्रमस्थलमा पुगेकी थिइन् । कालोझण्डा देखाउने तरुण दल तथा नेविसंघका नेता कार्यकर्ता र प्रहरीबीच सामान्य झडपसमेत भएको थियो।


प्रतिक्रिया

सम्बन्धित समाचार