वामदेव गौतम दिगो विकास तथा सुशासन समितिको सभापतिमा मनोनित


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस २३ बिहीवार ०९:४५ बजे

वामदेव गौतम दिगो विकास तथा सुशासन समितिको सभापतिमा मनोनित

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतम संसदको दिगो विकास तथा सुशासन समितिको सभापतिमा मनोनित भएका छन् ।

आज बसेको राष्ट्रिय सभाको साताैँ अधिवेशनले गौतमलाई सुशासन समितिको सभापतिमा मनोनित गर्ने निर्णय गरेको हो ।

कानून न्याय तथा संसदीय मामिलामन्त्री लिलानाथ श्रेष्ठले गौतमलाई समितिको सभापतिको लागि सिफारिस गरेका थिए ।

गौतमलाई सर्वसम्मतीले सभापतिमा मनोनित गरेको राष्ट्रिय सभा अध्यक्ष घणेश प्रसाद तिमल्सिनाले घोषणा गरेका हुन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार