संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा, प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने माग


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १९ आइतवार ०९:४६ बजे

संसद विघटनविरुद्ध २३ दल तथा संगठन सडकमा, प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने माग

काठमाडौं । संसद विघटनविरुद्ध विभिन्न २३ दल तथा संगठनले काठमाडौंमा प्रदर्शन गरेका छन् । र्‍यालीका सहभागीहरूले प्रतिनिधिसभा तत्काल पुन:स्थापना गर्नुपर्ने भन्दै नारा लगाएका छन् ।

उनीहरूले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम प्रतिगमन उन्मुख भएको आरोपसमेत लगाएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रतिनिधिसभा कुनै हालतमा पुनःस्थापना नहुने बताएका थिए ।

उनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा रिट दायर भएयताका हरेक सार्वजनिक र आन्तरिक भेलामा प्रतिनिधिसभा पुनःस्थापित नहुने ठोकुवा गर्दै आएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार