मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १६ बिहीवार ०४:२३ बजे

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमा सुनुवाइ हुँदै

काठमाडौं । मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको रिटलाई बुधबार ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको थियाे । हिजाे ‘हेर्न नभ्याइने’ सूचीमा राखिएकाे रिटमाथि आजका लागि पेसी लागि तोकिएको हाे ।

संसद् विघटनपछि मन्त्रिपरिषद् विस्तार गर्न नपाइने भन्दै अधिवक्ताहरू दिनेश त्रिपाठी, लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले गत १३ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ ।


प्रतिक्रिया

सम्बन्धित समाचार