प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त, साँझ ७ बजे सपथग्रहण


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १० शुक्रवार १२:०६ बजे

प्रधानमन्त्री ओलीद्वारा ५ जना मन्त्री नियुक्त, साँझ ७ बजे सपथग्रहण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठककाे निर्णय अनुसार श्रममन्त्रीमा प्रभु साह, पर्यटनमा मणि थापा, शिक्षामा दावा लामा र खानेपानीमा गौरीशंकर चौधरीलाई जिम्मेवारी दिइएकाे छ ।

यस्तै, टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएकाे छ । राष्ट्रपति कार्यालयका अनुसार नवनियुक्त मन्त्रीहरुको आज साँझ ७ बजेलाई सपथको कार्यक्रम राखिएको छ ।

प्रचण्ड–माधव पक्षका मन्त्रीहरुले राजीनामा दिएपछि ती मन्त्रालयहरु खाली रहेका थिए । नयाँ मन्त्रीहरुमा पूर्वमाओवादीका नेताहरुले प्राथमिकता पाएका छन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार