काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेको बताएका छन् ।
बहुमत केन्द्रीय सदस्यसहित निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलका लागि पुगेका प्रचढ्डले दुई तिहाइ केन्द्रीय सदस्य निर्वाचन आयोगमा उपस्थित हुन तयार रहेकाे बताए ।
उनले यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा ३ सय १५ जना उपस्थित भएको जानकारी गराउँदै दुई तिहाइ केन्द्रीय सदस्य उपस्थित भएर सनाखत गर्न तयार रहेको बताएका हुन् ।
उता प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओली समूहले मंगलबार नै निर्वाचन आयोग पुगेर केन्द्रीय कमिटी विस्तार गरेको जानकारी दिएको थियो । प्रचण्ड–नेपाल समूहले बुधबार निर्वाचन आयोग पुगेर बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर बुझाएको थियो ।
