बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासकाे प्रस्ताव


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १० शुक्रवार ०६:३३ बजे

बागमती प्रदेशका मुख्यमन्त्रीविरूद्ध अविश्वासकाे प्रस्ताव

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपा प्रदेश संसदीय दलका उपनेता शालिकराम जमरकट्टेलको अगुवाइ अविश्वासको प्रस्ताव दर्ता भएको हो ।

त्यस्तै तीन मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिने तीन मन्त्रीमा अरुण नेपाल, शरद दुलाल र शालिकराम जमकट्टेल रहेका छन् ।

आज बिहान ११ बजेर २५ मिनेटमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले जानकारी दिए ।

उनका अनुसार ४६ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराइएको हो ।


प्रतिक्रिया

सम्बन्धित समाचार