‘हामी यहाँ छौँ’ भन्दै सडकमा निस्कियाे प्रचण्ड-नेपाल समूह


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस १० शुक्रवार ०५:११ बजे

‘हामी यहाँ छौँ’ भन्दै सडकमा निस्कियाे प्रचण्ड-नेपाल समूह

काठमाडौं । संसद् विघटनविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूह सडक आन्दाेलनमा निस्किएको छ ।

नेकपाका अध्यक्षद्व पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायतका नेताहरु माइतीघर मण्डलामा भेला भएका छन् ।

प्रधानमन्त्रीको कदमको विरोधमा आफूहरु सडकमा आउनुपरेको नेताहरूले बताएका छन् । संसद् पुनर्स्थापना नभएसम्म सडकमै रहने नेताहरूले चेतावनी दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण आफूहरु सडकमा आउन बाध्य भएको नेतृ रामकुमारी झाक्रीले बताइन्  ।

उनले आफूहरु पार्टी विभाजन हुनुहुँदैन भनेर लाग्दालाग्दै प्रधानमन्त्रीसमेत रहेका अध्यक्षकै हर्कतका कारण संविधानको रक्षाका लागि सडकमा आउनुपरेको बताइन् ।


प्रतिक्रिया

सम्बन्धित समाचार