ओलीलाई अर्काे झड्का, शेरबहादुर तामाङपनि प्रचण्ड-नेपाल समूहमा


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ९ बिहीवार ०५:१५ बजे

ओलीलाई अर्काे झड्का, शेरबहादुर तामाङपनि प्रचण्ड-नेपाल समूहमा

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का केन्द्रीय सदस्य शेरबहादुर तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएका छन्। गत सोमबार र मंगलबार ओली समूहको बैठकमा सहभागी भएका तामाङ प्रचण्ड-नेपाल समूहमा फर्किएपछि प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई अर्काे झड्का लागेकाे छ ।

प्रचण्ड-नेपाल समूहले संसद सचिवालयमा दर्ता गराएकाे अविश्वासको प्रस्तावमा आफ्नो हस्ताक्षर दुरूपयोग भएको समेत तामाङले बताएका थिए।

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाको बिहीबार बस्ने बैठमा आफू सहभागी हुने तामाङले बताए। ‘दुई दिन बालुवाटार गएँ। फेरि आज कार्की ब्यांकेटमा बस्ने केन्द्रीय कमिटी बैठकमा जाँदैछु। अब म प्रचण्ड-नेपालतिरै फर्किएको छु,’ उनले भने,’यसमा हाम्रो केही दोष छैन। नेताहरूकै दोष हो। मलाई प्रचण्ड-नेपालकै कुरा चित्त बुझेकाले यतै रहने निर्णय गरेको हो।’


प्रतिक्रिया

सम्बन्धित समाचार