‘संसद विघटनको अधिकार प्रधानमन्त्रीसँग छैन’


  • हरेक न्यूज
  • प्रकाशित मिति : वि.सं.२०७७ पुस ८ बुधवार १२:२१ बजे

‘संसद विघटनको अधिकार प्रधानमन्त्रीसँग छैन’

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षका विघटित प्रतिनिधि सभाका सांसदहरुले प्रतिनिधि सभा विघटन नभएको बताएका छन्।

उनीहरूले आफूहरु सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया विभिन्न सञ्चार माध्यमलाई दिएका छन् ।

बुधबार बानेश्वरस्थित संसद भवनमा प्रचण्ड–माधव पक्षको संसदीय दलको बैठकमा सहभागी भएका सांसदहरुले प्रतिनिधि सभाको विघटन नभएको र आफूहरुले सांसदको रुपमा काम गरिरहेको प्रतिक्रिया दिएका हुन् ।

प्रतिनिधि सभा सदस्य हरिबोल गजुरेलले प्रतिनिधि सभा विघटनको अधिकार प्रधानमन्त्रीसँग नभएको बताए ।


प्रतिक्रिया

सम्बन्धित समाचार